काठमाडौंबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको जहाजलाई भासिएको ठाउँबाट धावनमार्गमा निकालिएको छ। योसँगै बिहीबार राति १०:१० बजे देखि अवरुद्ध अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सुचारू भएको छ। मालिन्दो एयर, बि. ७३७ (९०० सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम. यलयनजे) को ककपिटको स्कृनमा समस्या देखिएपछि पाइलटले उड्नका लागि धावन मार्गमा गुडिसकेको जहाज…