नेपाली काँग्रेसले शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई स्वादिलो खानाको व्यवस्थापन गरेको छ । काँग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई हरेक छाक फरक स्वादका परिकार पस्कन अनुपम फुडल्याण्ड र दियालो फुडल्याण्डसँग २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सम्झौता गरेको छ । उनीहरूले प्रत्येक दिन १२ सय रुपैयाँ बराबरको खाना तथा खाजा खान पाउनेछन् । काँग्रेसले महाधिवेशन अवधिभर ३० हजार जनाले जनाले खाना खाने अनुमान गर्दै सोही अनुसारको खानेकुराको अर्डर गरेको हो । खाना