पालिका चुनाव–२०७९ काे सन्दर्भमा भन्नुपर्दा यो गठबन्धनले काम गरेको देखियो । जुन–जुन दलहरूबीच गठबन्धन भएको थियो त्यसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई फाइदा भएको देखिन्छ । यो गठबन्धनबाट सबैभन्दा ठूलो घाटा भने नेकपा एमालेलाई भएको छ ।
एकीकृत समाजवादीका बारेमा अहिले नै धेरै कुरा भन्न सकिँदैन । एकदमै नयाँ पार्टी हो । नेकपा एमालेबाट विभाजित भएर भर्खरै बनेको पार्टी भएको हुनाले उसको कति क्षमता थियो र छ भन्ने बारेमा चुनावको परिणामले मात्र भन्न सकिँदैन । गठबन्धनबाट साना पार्टीले जीवन पाउने हो भने ठूल...