भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभा

भारतको हिमाञ्चलका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहको कोरोनाबाट मृत्यु

एजेन्सी।भारतको हिमाञ्चल प्रदेशमा ६ पटक मुख्यमन्त्री र केन्द्रीय मन्त्री भएका वीरभद्र सिंहको कोरोना संक्रमणका कारण ८७ वर्षको उमेरमा मृत्यु भएको छ।दोस्रोपटक कोरोना संक्रमण देखिएपछि उनी सिमलाको आईजीएमसीमा उपचाररत थिए।करिब साढे २ महिनादेखि उपचाररत कांग्रेस वरिष्ठ नेता सिंहको स्वास्थ्यमा अचानक खराबी आएपछि सोमबार भेन्टिलेटरमा राखिएको थियो।उनी इन्दिरा गान्धी नेतृत्वको सरकारमा राज्यमन्त्री र मनमोहन सिंह नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनेका थिए।

कोरोनाबाट हालसम्म ५ केन्द्रीय मन्त्री र ३० बढी संघीय सांसद प्रभावित

१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका …