रुपचन्द्र बिष्टको जीवनीमा आधारित फिल्म 'रुदाने' को टीजर सार्वजनिक

काठमाडौं : फिल्म 'रुदाने- विद्रोहको नेपाली नाम' को टीजर सार्वजनिक भएको छ। फिल्ममा विद्रोही नेता रुपचन्द्र विष्टको (रुदाने) राजनीतिक जीवनको पाटोलाई देखाइएको छ। यो फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित छ। 'रुदाने' नाम रुपचन्द्र आफैले राखेको उपनाम हो। जसको अर्थ हुन्छ रु-रुप दा-दामन र ने- नेपाल।…

सम्बन्धित सामग्री

थाहा अभियान्ता रुपचन्द्रको जीवनीमा आधारित फिल्म ‘रुदाने’ को टीजर सार्वजनिक

थाहा अभियान्ता रुदानेको नाममा निर्मित ‘रुदाने’ (विद्रोहको नेपाली नाम) को टीजर सार्वजनिक भएको छ । विद्रोही नेता रुपचन्द्र विष्ट (रुदाने) को राजनीतिक जीवनलाई उक्त फिल्ममा देखाईएको छ । रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिकामा कलाकार दिव्यदेव छन् । फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायतका कलाकारहरुको अभिनय छ।फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन छ। दावनल क्रियशनले तयार गरेको फिल्मको प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन्।

‘रुदाने’को टीजर सार्वजनिक

काठमाडौँ । राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदानेअफिसियल टीजर सार्वजनिक भएको छ । फिल्म निर्माताले बुधबार विज्ञप्ति जारी गर्दै सन् २०२२ को मध्यसम्म फिल्म रिलिज गर्ने उल्लेख गरेका छन् । २ मिनेट ३३ सेकेन्ड लम्बाइको टीजरमा नेता विष्टको राजनीतिक संघर्षलाई चित्रण गरिएको छ ।

'सञ्जु'मा रणबीर कपूरको पाँच अवतार

वैशाख १२ – बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को टीजर सार्वजनिक भएको छ । टीजर सार्वजनिक हुनुभन्दा अगाडि यस फिल्म...