काठमाडौं (अस) । ओप्पो रिसर्च इन्स्टिच्युटले समावेशी र स्वास्थसम्बन्धी नवीन प्रस्ताव माग गरेको छ । इन्स्टिच्युटले ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गर्दै ४ लाख ६० हजार डलर बराबर अनुदानमा उक्त प्रस्ताव माग गरेको हो । त्यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरूलाई थप ऊर्जा प्रदान भई सुदृढ जीवन र भविष्यका लागि नवीनतम सृजना तथा समाधान निस्कने विश्वास लिइएको इन्स्टिच्युटले बताएको छ ।
सो कार्यक्रम मार्फत सबै प्रविधि व्यवसायीहरूलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्त्वपूर्ण समस्याहरू समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ । ‘भर्चुअस इनोभेसन’ को विषयवस्तुमा केन्द्रित ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईओटा प्रस्तावहरुको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरूद्वारा पेश गरिएका प्रस्तावहरूको मूल्यांकनपछि १० ओटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिने बताइएको छ ।