फिल्ममा अभिनयका लागि अनमोल केसीलाई ५० लाख रुपैंयाँ पारिश्रमिक दिने निर्माताको सूचिले केही समय अघि फिल्म क्षेत्रमा तरंग ल्याएको थियो । यही सूचिमा रहेकी अभिनेत्री तथा निर्देशक झरना थापाले भने फेसबुकमा स्ट्याटस लेख्दै नेपाली फिल्मको बजार ठूलो नभएकाले ५० लाख दिने कुरा आफ्नो वश बाहिर रहेको बताएकी थिइन् ।