फिल्म निर्माता गोविन्दलाई अदालतले दियो सफाइ

काठमाडौं : जिल्ला अदालत काठमाडौंले फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई सफाइ दिएको छ। लिलिबिली फिल्ममा लगानीका विषयमा भएको विवादका कारण परेको ठगी मुद्दामा गोविन्दले अदालतबाट सफाइ पाएका हुन्। जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा फैसला गर्दै गोविन्दलाई निर्दोष ठहर गरेको हो।लिलिबिली फिल्मको शेयर रकम ८७ लाख ७४ हजार सात सय ६५ रुपैयाँ नदिएको र नदेखाएको भन्दै २०७६ कार्तिकमा फिल्मका निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।ठगीको उजुरी परेपछि शाहीलाई प्रह