जनगणनाका लागि भक्तपुरमा ४०० जनशक्ति परिचालन हुने

भक्तपुर : राष्ट्रिय जनगणनामा भक्तपुरमा तथ्यांक संकलनका लागि करिब ४०० जनशक्ति परिचालन हुने भएको छ। जिल्ला जनगणना कार्यालय भक्तपुरका अनुसार पहिलो चरणमा करिव १०० जना सुपरिवेक्षक र ३०० जना गणकहरु परिचालन हुनेछन्।दुई चरणमा हुने जनगणनामा तथ्यांक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ देखि जेठ १४ सम्म र दोश्रो चरण २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने जनाइएको छ।पहिलो चरणमा सुपरिवेक्षकहरुले प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास ग