बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेसको अग्रता, पछ्याउँदै उन्मुक्ति पार्टी

बर्दियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना चलिरहँदा प्रारम्भिक नतिजामा कांग्रेसले झिनो मतले अग्रता कायम गरेको छ । कांग्रेसको प्रतिद्वन्द्वी नागरिक उन्मुक्ती पार्टी ३० मतले पछाडि छ । १ हजार ८ सय मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका संजय कुमार गौतमले ५ सय ५१ मत प्राप्त गरेका छन् ।