कैफियतवालामाथि धमाधम कार्बाहीको डन्डा : कुन न्यायाधीश पर्दैछन् बर्खास्तीको छैटौँ नम्बरमा ?

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बिहीबार न्यायपरिषद्को बैठक बोलाएका छन् । खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका न्यायाधीशमाथि धमाधम कारवाही गरिरहेको परिषद्ले बिहीबार पनि एक न्यायाधीशलाई बर्खास्त गर्ने तयारी गरेको छ । न्याय परिषद् स्रोतका अनुसार न्यायपरिषदमा परेको उजुरी, सञ्चारमाध्यममा आएका समाचार आदिलाई आधार मानी गरिएको अनुसन्धान तथा फैसला अध्ययनका क्रममा कैफियत भेटिएका न्यायाधीशमाथि न्याय परिषद्ले अनुसन्धान र छानबिन गरिरहेको छ । सोही क्रममा छानबिनमा परेका एक न्यायाध