जेठ ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन बिहीवार नेप्से परिसूचक २३ दशमलव ५१ अंक घटेको छ । परिसूचक २ हजार २५० दशमलव ९१ विन्दुमा झरेको हो ।
यो दिन कारोबारमा आएका २१९ ओटा धितोपत्रको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर २३ हजार ५६९ पटकमा रू. १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ दशमलव ४४ मा खरीदविक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ४५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१९ पुगेको छ ।
त्यसैगरी, दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य २ दशमलव ९४ प्रतिशत वृद्धि भएर रू. ५२५ पुगेको हो । बिहीवार सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य ८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२५ मा झरेको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ३० प्रतिशत घटेर रू. २५० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुनेमा प्रभु बैंकको संस्थापक शेयरको भएको हो । कम्पनीको रू. १२ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४५ कायम भएको हो । त्यसैगरी दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको रू. ५ करोड ७ लाख बराबरको खरीद विक्री भएको हो ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।
समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको समूहगत परिसूचक शून्य दशमलव ४२ प्रतिशत, विकास बैंक समूहको २ दशमलव शून्य ९ प्रतिशत, वित्त समूहको २ दशमलव ४५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७२ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ७१ प्रतिशत, लगानी समूहको १ दशमलव ४१ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ५४ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८२ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ११ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४६ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ६ प्रतिशत र व्यापार समूहको परिसूचक १ दशमलव २५ प्रतिशतका दरले घटेको हो ।