गृह नपाए सरकारमा नजाने रास्वपाको निर्णय, थपिए १६ जना केन्द्रीय समितिमा

पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यसैगरी सो पार्टीले केन्द्रीय समिति विस्तार गरी ४० सदस्यीय बनाएको छ ।