सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यको घोषणाबमोजिम विभागलाई खारेज गर्ने निर्णय लिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको घोषणा कार्यान्वयनको क्रममा सरकारले विभागलाई खारेज गर्ने निर्णय गरेको जानकारी दिइन् ।