चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । […]