नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली धन्दामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ । हालसम्म प्राप्त जाहेरी अनुसार यो गिरोहले कम्तिमा २४ करोड रुपैयाँ असूली गरेको देखिएको छ । यस प्रकरणमा पूर्व गृहमन्त्री, उपप्रधानमन्त्री, पूर्वसभासद, वहालवाला सचिव, तत्कालीनन गृहमन्त्रीका सुरक्षा सल्लाहकार, भुटानी अधिकारवादी नेता टेकनाथ रिजालसहित १६ …