कृषि उत्पादन बढाउने योजना बनाउने सरकार किसानका समस्या नै बुझ्दैन

सरकारले आर्थिक वर्ष २०७९।०८० का लागि विनियोजन गरेको आर्थिक विधेयकमा कृषि उत्पादन बढाउने योजना राखेको छ । तर, मुख्य कृषिबाली लगाउने बेलामा किसान मल नपाएर छटपटिएका छन् । मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने धान रोपाई गर्ने बेलामा मल नपाएर किसानहरु पिरोलिइरहेका छन् भने सरकार यसतर्फ चासै नदिएर बसेको छ । सदनमा यस विषयमा सांसदहरु …

सम्बन्धित सामग्री

अनुभूति गर्न नसकिएको उपलब्धि

वर्तमान सरकार गठन भएको १ वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्दै आफूले सत्ता समालेपछि थुप्रै उपलब्धि हासिल भएको भन्दै सफलताको जश लिने अभिव्यक्ति दिनुभयो । तर, उहाँले जेजस्ता सफलताको दाबी गरे पनि जनताले अनुभूत गर्नेगरी सरकारले काम गरेको भने देखिँदैन । एक वर्षसम्म सत्तारूढ दलभित्र किचलो भई सरकार परिवर्तन नहुनु नै अहिलेको सरकारको सफलता हो । त्यसबाहेक सम्झनलायक काम केही गरेको छैन ।  जलविद्युत् क्षेत्रको उपलब्धि भनेको भारतलाई विद्युत् विक्री गर्न भएको सम्झौता हो । तर, उत्पादन बढाउने कामचाहिँ अहिलेको सरकारले गर्दा भएको होइन । त्यस्तै विप्रेषण आय बढ्नु, पर्यटक आगमन बढ्नुजस्ता उपलब्धि सरकारले कुनै ठोस काम गरेर भएको होइन । त्यस्तै विभिन्न भ्रष्टाचारका काण्ड सार्वजनिक भए, तर तिनलाई टुंग्याउन सकेको छैन, विवाद मात्रै थपेको छ । त्यसैले सरकारको काम कुर्सीमा बस्ने र दैनिक प्रशासन चलाउनेभन्दा माथिको हैसियतमा पुगेको देखिँदैन । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ समेत सरकारले ठोस काम गरेको छैन ।  नयाँ सोचका साथ केही काम गरेको पाइँदैन । मुलुकको आवश्यकता परम्परागत ढर्रा लत्याएर प्याराडाइम सिफ्टमा लाग्नु हो । तर, यसतर्फ सरकारले केही पनि गर्नसकेको छैन । सरकारले दीर्घकालीन उपलब्धि प्राप्त गर्ने खालको काम त गरेको छैन नै । तत्काल परिणाम दिन सक्ने धान, गहुँ आदि कृषि उत्पादन बढाउनेलगायतका कामसमेत गर्न सकेको छैन । अल्झिएर बसेका पूर्वाधार निर्माणलाई गति दिन त्यसका गाँठा फुकाउने काम पनि भएको देखिन्न । उखु किसानका समस्या समाधान गर्न र चिनीको समस्या समाधान गर्ने जस्ता सामान्य समस्यामा पनि सरकारले काम गरेको छैन । आर्थिक विकासका लागि गति दिन संरचनात्मक परिवर्तनका लागि आवाज उठे पनि त्यसतर्फ सरकारले कुनै चासो नै दिएन । बजेटमा यो शब्द उल्लेख गर्नुबाहेक कुनै कार्यक्रम आएको देखिँदैन । सत्ता सञ्चालनको १ वर्षपछि नयाँ नयाँ काम गर्छु भनेर प्रधानमन्त्रीले सम्बोधनमा व्यक्त गर्नुभएको छ । उहाँले गर्छु भनेका काम नयाँ होइनन् । ती काम सत्ता सम्हाले लगत्तै गर्न सरकारलाई केले रोक्यो ? एक वर्ष सत्तामा बसेपछि यसो गर्छु र उसो गर्छु भन्नु चुनावी घोषणा जस्तै देखिन्छ जसको कार्यान्वयन कहिल्यै हुँदैन । यो काम गरिँदै छ, यसो हुँदै छ, पहल हुँदै छ, छलफल थालिएको छ, जस्ता अमूर्त शब्दावली प्रयोग गरेर के के न काम गरेको छु भनी देखाउनु सरकार असफल छ भन्नु नै हो । वास्तवमा यो सरकारको सफलता भनेको अघिल्लो सरकारका पालामा जस्तो अनेक वितण्डा मच्चाइएन, संविधानमाथि नै प्रहार हुने काम भएन । यही यो सरकारको सफलता हो ।