लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदै, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव पेस हुने

काठमाण्डौ - लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा यही वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आज संसदमा पेस हुने र भोलि मतदानमार्फत टुङ्ग्याउने कार्यसूची रहेको सचिवालयले जनाएको छ । भोलि मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । हिजो बसेको कार्यव्य...