अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

काठमाडौं : अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ। सहरको एक सुपरमार्केटमा भएको घटनामा एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो। गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले बताएका छन्। जथाभावी गोली प्रहार गर्दै हिँडेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पनि मृत्यु भएको बताइएको छ। बौल्डर प्रहरीका एक उच्च अधिकार