सल्यानमा महको उत्पादन घट्यो

सल्यान : सल्यानमा यस वर्ष गत वर्षको तुलनामा मह उत्पादन घटेको छ। मह उत्पादन घटेपछि राम्रो प्रतिफल नपाएको भन्दै किसानहरू चिन्तित बनेका छन्। जिल्लाको कालीमाटी गाउँपालिका साथै अन्य गाउँपालिकाका किसानले व्यवसायिक मौरीपालन गर्दै आएका छन्। जिल्लामा करीब १ हजार ५ सय ३० भन्दा बढी मौरीका घार रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको...

सम्बन्धित सामग्री

अत्यधिक वर्षाले मह उत्पादन घट्यो

चिउरी फुल्ने सिजनमा अत्यधिक वर्षा भएपछि जाजरकोटमा यस वर्ष महको उत्पादन झन्डै आधा घटेको छ । जाजरकोटमा १ हजार किसानले व्यावसायिक मौरीपालन गर्दै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । तर उत्पादन घटेपछि किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ ।

जाजरकोटमा महको उत्पादन घट्यो

जाजरकोट– नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए। यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश छन्। सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन। व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि […]

मह उत्पादन घट्यो

दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले अघिल्लो वर्षभन्दा यो वर्ष महको उत्पादन घटेको बताउनुभयो । असोज महिनामा भएको बेमौसमी वर्षाले चिउरीको फूल झारेको र रस बगाएकाले मह उत्पादन घटेको उहाँले बताउनुभयो ।