प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै, अस्पतालमा बेड अभाव हुने चिकित्सकको चेतावनी

मोरङ– विराटनगरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट डा चुमनलाल दासका अनुसार संक्रमितको संख्या दैनिक बढ्दै गएको हो। संक्रमितको संख्या बढ्दै गएपछि केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने शय्याको हाहाकार हुने उनले बताए। कोसी अस्पतालको कोभिड युनिटमा रहेको ५ वटा आईसीयू र भेन्टिलेटर दुवै शय्या भरिएको उनले जानकारी दिए। विराटनगर […]