सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

काठमाण्डौ – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।   सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अ...