झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै बनाएका छन् । उनले २७६७ मतान्तरका साथ अग्रता बनाएका हुन् । लिङ्देनले १२ हजार ३१ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले ९ हजार २६४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ९१४ मत प्राप्त गरे ।