उर्लाबारीमा 'सोहराय' पर्वको रौनक

उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ पर्वको समापनको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । उर्लाबारी -८ स्थित एभरेस्ट फन पार्कमा आयोजित कार्यक्रममा सन्थाल समुदायको नृत्य तथा रहनसहन प्रस्तुत गरिएको थियो । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम थियो । के युवा के वृद्ध, सबै सोहरायको रमाई रहेको देखिए ।