महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवा छूट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यले विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छूट पाउने बताइएको छ ।  सम्झौता अनुसार भुंग्रो थकालीमा १० प्रतिशत,े एन्जल ज्वेलर्समा ४०, गाउँले चुलोमा १०, एगिलस डाइग्लोस्टिकमा १५, पल्पसा प्याराडाइज होम्समा १०, एक्स्प्रेस म्याग्दी होटलमा १०, क्विक ट्वेन्टी हाउस होटलमा १० प्रतिशत र हिमालयन स्वीट एण्ड बेकरीका समेत छ्रूट पाइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्र्ता ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।