एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ । बिहीबार भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो ।