प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ । &rdqu