गोलभेँडा खेती गर्ने किसान मर्कामा, सरकारी सुविधा पाउन नसकेको गुनासो

सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा परेका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका–४, तीन घरेका किसान उमेश चौधरीले बताए ।३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले भने, ‘गोलभेँडाको