काठमाण्डाै - अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ ।
भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ ।
आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ ।
केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
...