एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् । 

सम्बन्धित सामग्री

पूर्वआईजीपी खनाल एमालेबाट काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार

काठमाडौं । प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नं. ६ मा नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । खनाल केही दिन अघि मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।

एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज बिहीबार नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । उहाँलाई बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो । खनाल प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।

पूर्वआईजीपी खनाल आज एमालेमा प्रवेश गर्दै

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।