चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।

सम्बन्धित सामग्री

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

साउन १, काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा  दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको बताएकी हुन् । सो अवसरमा राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्। यसैगरी सोही अवसरमा प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।