गृह मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन सक्रियता बढाएको जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गइरहेको सन्दर्भमा अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो बनाउन मन्त्रालय लागिपरेको हो ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेक...