मतदान केन्द्रमा बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार

गोरखा – खटिएको मतदान केन्द्रमै बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । गाेरखाकाे विकट चुमनुब्री गाउँपालिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।  धार्चे गाउँपालिका ३ खोर्लाबेसी घर भएका घले आज साेमवार बिहानदेखि अस्वस्थ हुनुभएको थियो । नजिकैकाै सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि पुग्नुभएका उहाँको भिडियो कन्फ्रेन्समार्फत काठमाण्डौमा रहेका चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए । त्यस...