सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाविन्दुकाे बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।‘आज आयोजित कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामील