२०७६ सालमा १५ दिन सार्वजनिक विदा (सूचीसहित)

काठमाडौं । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र ...

सम्बन्धित सामग्री

आज शेयर कारोबार नहुने

आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।सरकारले आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । घटस्थापना दशैको पहिलो दिन हो  । यस संगै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।दशैँ सुरु भएकोले अब असोज महिनामा अब ३ दिन मात्र  शेयर कारोबार हुने छ  । अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ  । सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ ।