विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् । उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो । उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरको उम्मेदवार बनेका थिए ।अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चले