काठमाडौं : प्रहरी उपरीक्षक धनपति सापकोटा काठमाडौं नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका छन्।महानगरपालिकाले आइतबार सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो। काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए। उनलाई महानगरपालिकाले प्रशासनतर्फ खटाएको जनाएको छ।