नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज शनिवारदेखि शुरू हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे शुरू हुने बैठकमा पार्टी विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै माओवादी केन्द्र ब्युँताएपछि पार्टीमा पुनर्संरचना गर्न लागिएको छ । यसका लागि केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने माओवादीको तयारी छ ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि शुक्रवार स्थायी कमिटी बैठक बसेको थियो ।
शनिवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्ड...