काठमाडौं : कोरोना संक्रमणबाट पूर्व कामु महालेखापरीक्षक खेमप्रसाद दाहालको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार ओखलढुंगा कटुञ्जे स्थायी घर भएका ६६ वर्षीय दाहालको सोमबार साँझ राजधानी स्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको बताइएको छ।हाल भक्तपुरको लोकन्थली बसोबास भएका दाहाललाई कोरोना संक्रमण हुनुअघि कुन