कोरोनाको कारण नेपालको आथिक वृद्धिदर खुम्चिने

नेपालले चालू आर्थिक वर्षमा ५.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल गर्ने एशियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । सरकारले बजेटमार्फत चालू आर्थिक वर्षमा ८.५ प्रतिशत प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडा आफैले नै आर्थिक वृद्धिदरको लक्ष्य नभेट्ने स्वीकार गरिसकेका छन् ।