हेटौंडामा मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन हुँदै

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोलि शुक्रबार र शनिबार एकैसाथ सम्मेलनको उद्घाटन गरिने जनाइएको छ ।हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले २०७४ सालको राष्ट्रिय सम्मेलनपछि पहिलो पटक देशको ७ वटै प्रदेशमा प्रादेशिक सम्मेलन हुने बताएका हुन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिने अधिकारीले बताए । सातवटै प्रदेशमा मुख