बाबुरामले गठन गर्ने नयाँ पार्टीका लागि अध्यक्षको खोजी

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्यमा छन् । डा. भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ । नयाँ पार्टीमा डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसकेका छन् । उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा छन् ।नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन्