माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो।