जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ। निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हिजो आज जमेको छ। जमेको तालमा युवाहरू तस्बिर खिचाउन जान थालेका छन्।
हेर्नुहोस् सोम थकालीले खिचेका केही तस्बिरहरू
यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ ।मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ ।
वरिपरि रहेका निलगिरि हिमाल, धौलागिरि, मानापाथीलगायतका हिमशृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट छोटो समयमा यहाँ पुग्न सकिन्छ । तालसम्म पुग्न सडक निर्माण गरिएको छ ।
पर्यटकीय क्षेत्रहरुको राजधानी नै भन्दा पनि फरक पर्दैन हिमालपारिको जिल्ला मुस्ताङलाई । प्रत्येक स्थान महत्वपूर्ण अनि मनमोहक रहेको मुस्ताङको सदरमुकाम नजिकै रहेको ढुम्बा ताल पनि निकै महत्वपूर्ण पर्यटकीयस्थल हो ।
‘जोमसोमे बजारमा, १२ बजे हावा सरररर’ नेपथ्य व्याण्डको गीतले भने झैं जोमसोम साँझ र विहान निकै शान्त हुन्छ। १२ बजेपछि हावा चल्छ। त्यो जोमसोमको विशेषता नै हो। त्यसभन्दा अलि माथि पुगेपछि ताल छ। ढुम्बा ताल। जुन प्राकृतिक दृष्टिकोणले निकै सुन्दर छ। अझ माथि पुग्यो मुक्तिनाथ मन्दिर। जहाँ धार्मिक पर्यटकको आगमन वर्षेनी हुने गरेको छ। अर्कोबाटो लम्किदाँ उपल्लो मुस्ताङ पुगिन्छ। जहाँ फरक भौगोलिक संरचनाले मनै लोभ्याउँछ।
पर्वत : घुम्नका लागि होस् वा धर्मका लागि होस मुस्ताङको मुक्तिनाथसहित अन्य धेरै ठाउँहरू घुम्न जाने अधिकांश पर्यटकहरूको रोजाइमा ढुम्बा ताल पनि रहेको छ।
नेपाल घुम्न आउने बाह्य वा आन्तरिक पर्यटकहरुको ध्यान मुस्ताङले तान्ने गरेको छ। त्यही पर्यटकीय गन्तव्य मुस्ताङको एउटा आकर्षण ढुम्बा ताल हो। तालमा पर्यटकहरूको आकर्षण बढेसँगै घरपझोङ गा...
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ ।
तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ ।
होमस्टेमा अन्नपूर्ण क्षेत्र र मुक्तिनाथ घुम्ने पर्यटक लोभिनेमा गाउँले आशावादी छन्। ‘हाम्रो होमस्टेमा बेडको दुई सय रूपैयाँ र खानाको २ सय ५० रूपैयाँ मात्रै पर्छ’, थकाली सामुदायिक होमस्टेका अध्यक्ष सनप्रसाद थकाली भन्छन्, ‘हामी पाहुनालाई लोकल परिकारहरू फापरको रोटी, नुन चिया, ढिँडो, चम्पा, याकको सुकुटी, स्याउ, आदि खुवाउँछौं ।’