कर्णालीका नागरिकले पाएनन् नयाँ नोट, बैंकहरु भन्छन्– राष्ट्रबैंकले दिएको छैन

सुर्खेत । नेपाल राष्ट्रबैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । तर कर्णाली प्रदेशका कुनै पनि बैंकमा अहिलेसम्म नयाँ नोट पाउन नसकेको गुनासो नागरिकले गरेका छन् । प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरका बैंकहरुमा नयाँ नोट साँट्न आउनेको संख्या बढ्न थालेको छ । बैंकहरु नयाँ नोट अहिलेसम्म नआएको जवाफ दिँदै सेवाग्राहीलाई फर्काउने गरेका छन् । […]