अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व विदेश विभाग प्रमुख गौरव आफ्नो आगमनसँगै एन्फालाई फिफाले कारवाही गर्छ भन्ने भ्रममा नपारिदिन अनुरोध गरेका छन् । पछिल्लो समय मिडिया र एन्फाका पदाधिकारीहरूबाट आफूले नियुक्तिका लागि दबाब दिएको भन्ने चर्चा चलाउन गलत भएको बताएका छन् ।एन्फामा विदेश विभाग प्रमुख भएर काम गरिसकेको गौरवलाई पछिल्लो समय एन्फाको उप–महासचिवमा नियुक्त गर्ने एन्फाको योजना थियो । गौरवलाई नियुक्ति गर्ने र विदेश विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गर्ने विषयलाई लिएर अहिले एन्फा कार्यसमिति ब