नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाँैलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो ।
नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत मंगलबार दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गर्नुभएको थियो भने दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्री मध्य …
नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो । प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे …
सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र …
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति …
गण्डकी प्रदेशमा माघ अन्तिम हप्ता भूतपूर्व सैनिकको सम्मेलन हुने भएको छ । कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेशका विभिन्न तीन जिल्लामा सम्मेलन हुने भएको हो