काठमाडौं, १७ फागुन। नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षमा बस्ने दाबी गरेपछि बुधबार १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सारिएको छ। बैठक अब उपराष्ट्रपतिको निर्वाचनपछि अर्थात चैत ५ गतेलाई राखिएको संसद सचिवालयले जनाएको छ। संसदका महासचिव डा.भरतराज गौतमले आज एक सूचना प्रकाशित गरी प्रतिनिधि सभाको बैठक सरेको जानकारी गराएका हुन्।जारी सूचनामा विशेष कारणले संसद बैठक सारिएको उल्लेख छ।