अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा सुशासन कायम नहुँदा सरकारको विश्वसनीयता र साख कमजोर बनिरहेको गुनासो आएको बताएका छन् । उनले घुस लिने वा दिने दुवै पक्षको खराब आचरणका कारण भ्रष्टाचार हुने बताउँदै घुस लिनु र दिनुमा सेवाग्राहीको समेत भूमिका रहेको बताए । जुम्लामा शनिवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी भ्रष्ट आचरणमा संवेदनशील हुनुपर्ने र सार्वजनिक पदाधिकारीस