डेढ लाख घुससहित आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार साँझ चुडाललाई घुससहित नियन्त्रणमा लिएको हो ।